एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो « Khabarhub

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौता समिति बनाएको हो ।

उक्त समितिमा अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा पराजित तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि राखिएको छ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार यो घोषणा पत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यद्वय ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा विष्णु रिमाललाई समेटिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : १७ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।