काठमाडौं- एघारौँ महाधिवेशनपछि नेकपा एमालेले प्रदेश संयोजकहरू तोकेको छ ।
मंगलबार केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकले प्रदेश संयोजकहरू तोकेको हो ।
एमालेले केन्द्रीय निर्वाचन परिचालन संयोजकमा उपाध्यक्ष रामबहादुर थापालाई तोकेको अवस्थामा प्रदेश संयोजक चयन गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार आगामी फागुन २१ गतेको चुनावसम्मका लागि प्रदेश संयोजक तोकिएको हो ।
भट्टका अनुसार एमालेले धेरैजसो सचिवहरूलाई प्रदेशको संयोजन गर्ने गरी जिम्मेवारी तोकेको हो ।
एमालेले संगठन विभागमा सचिव भानुभक्त ढकाललाई ल्याएको छ। यसअघि यो विभागमा काशीनाथ अधिकारी थिए । भानुभक्त यसअघि जनपरिचाल संयन्त्रका संयोजक थिए ।
यस्तो छ जिम्मेवारी
१. कोशी प्रदेश : शेरधन राई
२. मधेश प्रदेश : लीलानाथ श्रेष्ठ
३. बागमती प्रदेश : महेश बस्नेत
४. राजधानी प्रदेश : डा. राजन भट्टराई
५. गण्डकी प्रदेश : खगराज अधिकारी
६. कर्णाली प्रदेश : यमलाल कँडेल
७. सुदूरपश्चिम प्रदेश : गणेश ठगुन्ना
८. संगठन विभाग प्रमुख : भानुभक्त ढकाल













प्रतिक्रिया