चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त « Khabarhub

चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एघारौँ महाधिवेशनपछि नेकपा एमालेले प्रदेश संयोजकहरू तोकेको छ ।

मंगलबार केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकले प्रदेश संयोजकहरू तोकेको हो ।

एमालेले केन्द्रीय निर्वाचन परिचालन संयोजकमा उपाध्यक्ष रामबहादुर थापालाई तोकेको अवस्थामा प्रदेश संयोजक चयन गरेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार आगामी फागुन २१ गतेको चुनावसम्मका लागि प्रदेश संयोजक तोकिएको हो ।

भट्टका अनुसार एमालेले धेरैजसो सचिवहरूलाई प्रदेशको संयोजन गर्ने गरी जिम्मेवारी तोकेको हो ।

एमालेले संगठन विभागमा सचिव भानुभक्त ढकाललाई ल्याएको छ। यसअघि यो विभागमा काशीनाथ अधिकारी थिए । भानुभक्त यसअघि जनपरिचाल संयन्त्रका संयोजक थिए ।

यस्तो छ जिम्मेवारी

१. कोशी प्रदेश : शेरधन राई

२. मधेश प्रदेश : लीलानाथ श्रेष्ठ

३. बागमती प्रदेश : महेश बस्नेत

४. राजधानी प्रदेश : डा. राजन भट्टराई

५. गण्डकी प्रदेश : खगराज अधिकारी

६. कर्णाली प्रदेश : यमलाल कँडेल

७. सुदूरपश्चिम प्रदेश : गणेश ठगुन्ना

८. संगठन विभाग प्रमुख : भानुभक्त ढकाल

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : २७ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी