काठमाडौं- नेकपा एमालेले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणको विरोध गरेको छ।
मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गर्ने अमेरिकी कदमको विरोध गरेको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले भेनेजुएलामा अमेरिकाले चालेको दकम कदापि स्वीकार्य हुन नसक्ने बताए ।
‘अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्नुपर्छ, विश्वका हरेक देशले त्यसका आधारमा चल्नुपर्छ’, उनले भने, ‘कुनै पनि देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्छ । भेनेजुएलामा अमेरिकी कदम न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन । यसको एमाले विरोध गर्दछ ।’













प्रतिक्रिया