भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध एमाले, भन्यो : यो न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध एमाले, भन्यो : यो न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणको विरोध गरेको छ।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गर्ने अमेरिकी कदमको विरोध गरेको हो ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले भेनेजुएलामा अमेरिकाले चालेको दकम कदापि स्वीकार्य हुन नसक्ने बताए ।

‘अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्नुपर्छ, विश्वका हरेक देशले त्यसका आधारमा चल्नुपर्छ’, उनले भने, ‘कुनै पनि देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्छ । भेनेजुएलामा अमेरिकी कदम न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन । यसको एमाले विरोध गर्दछ ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली