राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी « Khabarhub

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय लिएको छ।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले दिएका छन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय भएको छ। तर सिट बाँठफाँटमा भने कुरा मिल्न बाँकी छ’, उनले भने, ‘विभिन्न क्लस्टरहरू मिलाउनुपर्ने भएकाले यति नै लिने भन्ने टुंगो भइसकेको छैन । यसलाई दुई दलले आपसी समझदारीमा टुंगो गर्छौँ।’

यसअघि सोमबार राति कांग्रेसका कार्यवहका सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले गुन्डूमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । उक्त संवादपछि एमाले र कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा मिल्ने बिन्दुमा पुगेका हुन् ।

यसअघि कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग मिल्दा ८ सिट आफूले लिने निर्णय गरेको थियो । सोमबारको सचिवालय बैठकमा यही कुरा कार्यवाहक सभापति खड्काले ब्रिफिङ गरेका थिए ।

एमाले उपमहासचिव भट्टले आगामी फागुन २१ गतेको निर्वाचनमा तालमेलबारे अहिले केही कुरा नभएको बताए । ‘अहिलेलाई राष्ट्रिय सभामा मात्रै मिलेर जाने कुरा भएको छ’, उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनबारे अहिलेसम्म कुरा भएको छैन । त्यस दिशामा राष्ट्रिय सभा निर्वाचनपछि कुरा हुन सक्ला ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ४४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान