राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी « Khabarhub

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय लिएको छ।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले दिएका छन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय भएको छ। तर सिट बाँठफाँटमा भने कुरा मिल्न बाँकी छ’, उनले भने, ‘विभिन्न क्लस्टरहरू मिलाउनुपर्ने भएकाले यति नै लिने भन्ने टुंगो भइसकेको छैन । यसलाई दुई दलले आपसी समझदारीमा टुंगो गर्छौँ।’

यसअघि सोमबार राति कांग्रेसका कार्यवहका सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले गुन्डूमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । उक्त संवादपछि एमाले र कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा मिल्ने बिन्दुमा पुगेका हुन् ।

यसअघि कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग मिल्दा ८ सिट आफूले लिने निर्णय गरेको थियो । सोमबारको सचिवालय बैठकमा यही कुरा कार्यवाहक सभापति खड्काले ब्रिफिङ गरेका थिए ।

एमाले उपमहासचिव भट्टले आगामी फागुन २१ गतेको निर्वाचनमा तालमेलबारे अहिले केही कुरा नभएको बताए । ‘अहिलेलाई राष्ट्रिय सभामा मात्रै मिलेर जाने कुरा भएको छ’, उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनबारे अहिलेसम्म कुरा भएको छैन । त्यस दिशामा राष्ट्रिय सभा निर्वाचनपछि कुरा हुन सक्ला ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ४४ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।