सचिवालयमा ओलीको जवाफ- राष्ट्रिय सभामा कांग्रेस र नेकपा दुवैसँग मिल्न सकिन्छ, प्रतिनिधि सभाबारे पछि सोचौँला « Khabarhub

सचिवालयमा ओलीको जवाफ- राष्ट्रिय सभामा कांग्रेस र नेकपा दुवैसँग मिल्न सकिन्छ, प्रतिनिधि सभाबारे पछि सोचौँला


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग पनि तालमेल हुन सक्ने संकेत गरेका छन्।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीलाई नेताहरूले आउँदै गरेका दुई चुनावमा सम्भावित तालमेल र गठबन्धनबारे सोधेका थिए ।

यी दुई चुनावमा एमालेको सम्भावित रणनीतिबारे प्रश्न उठेपछि ओलीले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस अथवा नेकपासँग मिलेर जाने अवस्था भएको बताएका थिए ।

तर फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा भने विकसित राजनीति परिस्थिति हेरेर आफूहरूको रणनीति अगाडि बढाउनुपर्ने जवाफ बैठकमा ओलीले दिएका छन् ।

सचिवालय बैठकमा उनले भरसक प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गरेर जित्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका थिए।

‘राष्ट्रिय सभाको सन्दर्भमा एमालेले कांग्रेस र नेकपासहित विचार मिल्ने शक्तिसँग मिल्ने निर्णय लिन्छ’, ओलीको भनाइबारे एक नेताले भने, ‘उहाँले प्रतिनिधि सभाबारे अहिले कुनै छलफल नभएको बताउनु भएको छ।’

बैठकमा ओलीले अहिलेलाई राष्ट्रियसभाको तयारी गरेर जानुपर्ने बताएका थिए । ‘अध्यक्षज्यूले बैठकमा अहिले राष्ट्रिय सभाको तयारी गरौँ, प्रतिनिधि सभामा गठबन्धन गर्ने या एक्लै जाने पछि कुरा गरौँ भन्नुभएको छ’, ती नेताले भने ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ५४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका