सचिवालयमा ओलीको जवाफ- राष्ट्रिय सभामा कांग्रेस र नेकपा दुवैसँग मिल्न सकिन्छ, प्रतिनिधि सभाबारे पछि सोचौँला « Khabarhub

सचिवालयमा ओलीको जवाफ- राष्ट्रिय सभामा कांग्रेस र नेकपा दुवैसँग मिल्न सकिन्छ, प्रतिनिधि सभाबारे पछि सोचौँला


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग पनि तालमेल हुन सक्ने संकेत गरेका छन्।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीलाई नेताहरूले आउँदै गरेका दुई चुनावमा सम्भावित तालमेल र गठबन्धनबारे सोधेका थिए ।

यी दुई चुनावमा एमालेको सम्भावित रणनीतिबारे प्रश्न उठेपछि ओलीले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस अथवा नेकपासँग मिलेर जाने अवस्था भएको बताएका थिए ।

तर फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा भने विकसित राजनीति परिस्थिति हेरेर आफूहरूको रणनीति अगाडि बढाउनुपर्ने जवाफ बैठकमा ओलीले दिएका छन् ।

सचिवालय बैठकमा उनले भरसक प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गरेर जित्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका थिए।

‘राष्ट्रिय सभाको सन्दर्भमा एमालेले कांग्रेस र नेकपासहित विचार मिल्ने शक्तिसँग मिल्ने निर्णय लिन्छ’, ओलीको भनाइबारे एक नेताले भने, ‘उहाँले प्रतिनिधि सभाबारे अहिले कुनै छलफल नभएको बताउनु भएको छ।’

बैठकमा ओलीले अहिलेलाई राष्ट्रियसभाको तयारी गरेर जानुपर्ने बताएका थिए । ‘अध्यक्षज्यूले बैठकमा अहिले राष्ट्रिय सभाको तयारी गरौँ, प्रतिनिधि सभामा गठबन्धन गर्ने या एक्लै जाने पछि कुरा गरौँ भन्नुभएको छ’, ती नेताले भने ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ५४ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ