बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, १८ दिनभित्र छैटौँको हत्या « Khabarhub

बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, १८ दिनभित्र छैटौँको हत्या


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशमा एकपछि अर्का हिन्दू धर्मावलम्बीको श्रृंखलाबद्ध हत्याको क्रम रोकिएको छैन । १८ दिनयता छैटौँ हिन्दू धर्मावलम्बीको हत्या भएको छ।

पछिल्लो पटक बंगलादेशको नरसिंदी जिल्लामा सोमबार राति एक हिन्दू पसलेको हत्या गरिएको छ। मृतक ४० वर्षीय शरत चक्रवर्ती मणि हुन्। पछिल्ला १८ दिनमा हत्या भएका हिन्दूहरूमध्ये उनी छैटौँ व्यक्ति हुन्।

शरत चक्रवर्ती मणि पलाश उपजिलाको चारसिंदूर बजारमा किराना पसल चलाउँदै आएका थिए। पसलमै अज्ञात हमलाकारीहरूले उनमाथि धारिलो हतियारले आक्रमण गरी फरार भए।

गम्भीर घाइते भएका मणिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

डिसेम्बर १९ मा मणिले फेसबुकमा देशमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै आफ्नो क्षेत्रलाई ‘मृत्यु उपत्यका’ भनेर उल्लेख गरेका थिए।

अस्पताल पुर्‍याइएपछि चिकित्सकहरूले शरत चक्रवर्ती मणिलाई मृत घोषणा गरेका थिए।

अर्का हिन्दूको गोली हानी हत्या

सोमबार मात्रै जेसोर जिल्लामा पनि एक हिन्दू व्यक्तिको गोली हानी हत्या गरिएको थियो। मोनिरामपुर क्षेत्रमा आइस फ्याक्ट्रीका मालिक राणा प्रताप बैरागीको सार्वजनिक रूपमा हत्या भएको हो।

उनी कपलिया बजारमा आइस फ्याक्ट्री सञ्चालन गर्दै आएका थिए र ‘दैनिक बीडी खबर’ पत्रिकाका कार्यकारी सम्पादक पनि थिए।

रिपोर्टअनुसार मोटरसाइकलमा आएका तीन हमलाकारीले उनलाई कारखानाबाट बाहिर बोलाएर एक गल्लीमा लगेपछि टाउकोमा नजिकबाट गोली हानी फरार भए।

गोली प्रहारपछि हत्यामा संलग्नहरू फरार भए। प्रहरीले घटनास्थलबाट सातवटा खाली कारतुस बरामद गरेको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ। हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन।

हिन्दू विधवामाथि सामूहिक बलात्कार, रुखमा बाँधेर कुटपिट

बंगलादेशमा जनवरी ३ मा ४४ वर्षीया एक हिन्दू विधवामाथि सामूहिक बलात्कार गरिएको थियो। आरोपितहरूले बलात्कारपछि उनलाई रुखमा बाँधेर कुटपिट गरे। घटना झेनाइदह जिल्लाको कालीगंज क्षेत्रमा भएको हो।

प्रहरीले यस घटनामा एक जनालाई पक्राउ गरेको छ र बाँकी आरोपितहरूको खोजी जारी छ।

पीडित महिलाले सोमबार दिउँसो कालीगंज प्रहरी चौकीमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी छन्। पक्राउ परेका ४५ वर्षीय हसन सोही क्षेत्रको एक गाउँका बासिन्दा हुन्।

आरोप अनुसार महिलाको कपाल काटिएको थियो । कुटपिट गर्नेक्रममा सम्पूर्ण घटनाको मोबाइल भिडियो बनाइएको थियो ।

आफन्तहरूलाई कोठामा थुनेर बलात्कार

प्रहरी र स्थानीयका अनुसार ती महिलाले करिब दुई वर्षअघि गाउँमा एउटा घर र जमिन किनेकी थिइन्। उक्त जमिन उनले आरोपी शाहीनका भाइबाट किनेकी थिइन्। जमिन किनिएको दिनदेखि नै शाहीनले उनलाई हैरानी दिँदै पैसा माग्दै आएको आरोप छ।

शनिबार साँझ महिलाका दुई पुरुष आफन्त उनलाई भेट्न आएका थिए। त्यही बेला शाहीन र हसन जबर्जस्ती घरभित्र पसे। उनीहरूले ती आफन्तलाई एउटा कोठामा थुनेर महिलालाई अर्को कोठामा बलात्कार गरे।

पछि आरोपितहरूले महिला र उनका आफन्तहरूलाई घरबाट बाहिर घिसार्दै रुखमा बाँधेर उनीहरूमाथि अश्लील गतिविधिको झुटो आरोप लगाए। महिला आफ्नो १० वर्षे छोरासँग त्यही गाउँमा बस्दै आएकी छन्। शनिबार राति स्थानीयले महिलालाई गम्भीर अवस्थामा देखेपछि अस्पताल भर्ना गराएका थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ०९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान