ओलीले खोसे आफूलाई चुनौती दिने ईश्वरको जिम्मेवारी, अब एमालेको नीति अनुसन्धान विष्णु रिमालले गर्ने « Khabarhub

ओलीले खोसे आफूलाई चुनौती दिने ईश्वरको जिम्मेवारी, अब एमालेको नीति अनुसन्धान विष्णु रिमालले गर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिने नेताहरूलाई एकपछि अर्को गर्दै पाखा लगाइरहेका छन् ।

उनले मंगलबार बसेको सचिवालय बैठकमा पनि त्यसलाई निरन्तरता दिए । उनले आफूसँग प्रतिस्पर्धा गरेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जिम्मेवारी पनि खोसेका छन् ।

पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी ओलीले खोसेका हुन् । उक्त जिम्मेवारी खोसेर उपमहासचिव र केन्द्रीय सदस्यमा पनि पराजित आफ्ना सहयोगी विष्णु रिमाललाई ओलीले दिएका छन् ।

अध्यक्ष ओलीले पोखरेलको जिम्मेवारी खोस्दै दुवै पदमा अस्वीकृत रिमाललाई दिएका हुन् । ओलीले मंगलबार नै उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन परिचालन समितिको सचिव पनि रिमाललाई नै बनाएका छन् ।

एमालेमा साधारण कार्यकर्ताको हैसियत भए पनि ओलीले रिमाललाई पदाधिकारीकै हैसियतमा दोहोरो तेहेरो जिम्मेवारी दिएका हुन् । बैठकमा ओलीले यो प्रस्ताव गरेपछि सचिवालयका केही सदस्यले असन्तुष्टि जनाएका थिए।

तर अध्यक्ष ओलीले निकै लामो समय पार्टीमा सक्रिय रहेको र युवा भएका कारण रिमाललाई जिम्मेवारी दिनुपर्ने अडान राखे । त्यसपछि पोखरेलको जिम्मेवारी खोसिएको हो।

यसअगाडि भएको एमालेको एघारौं महाधिवेशनमा रिमाल केन्द्रीय सदस्य र उपमहासचिवमा पराजित भएका थिए। पोखरेल केन्द्रीय सदस्यमा विजय भए पनि अध्यक्षमा ओलीसँग पराजित भए ।

बैठकमा सहभागी एकजना सचिवालय सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार भर्खरै अध्यक्षमा पराजित पोखरेलसँग सहकार्य भन्दा निरुत्साहित गर्ने नीति ओलीले लिएका छन् ।

सचिवालयका केही सदस्यले रिमाललाई दिने भूमिकाबारे प्रश्न गरे । तर ओलीले त्यसको प्रतिवाद गर्दै रिमाल केन्द्रीय सदस्य र अन्य जिम्मेवारीमा नरहेकाले नयाँ भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्ने जवाफ दिए ।

‘हामीले पोखरेल कमरेडको जिम्मेवारी खोस्नु हुँदैन, उहाँसँग ठूलो पार्टी पंक्ति छ भनेका थियौँ । तर हाम्रो कुराको सुनवाइ भएन’, बैठकमा सहभागी सचिवालय सदस्यले भने, ‘अध्यक्ष कमरेडले पेलेरै निर्णय गर्नुभयो । उहाँले पेलेपछि सबैजना चुप लागे ।’

नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी खोसेर पोखरेललाई घोषणापत्र मस्यौदा कमिटी सदस्य बनाइएको छ। फागुन २१ को चुनावका लागि बनाइएको उक्त समितिमा ओली आफैं संयोजक छन्।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ०४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान