तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू) « Khabarhub

तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू)


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको गैरीगाउँस्थीत एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो । काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका साथै विमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्याङ्करले आगलागी नियन्त्रणमा लिएको थियो । 

त्यस्तै आगलागी नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरका नगर प्रहरी परिचालन गरिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठको गोदामबाट आगलागी सुरु भएको र नजिकै रहेको एक विद्यालयमा समेत क्षति पुगेको बताएका छन् । 

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ०८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली