राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय « Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो।

बैठकले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य र तालमेलको नीति अपनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्ना धारणा राखेका उनले बताए।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान