आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने « Khabarhub

आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत मात्र गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीको तर्फबाट विज्ञप्ति जारी गर्दै जीवन बीमा, निर्जीवन बिमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बिमा दलालहरूलाई सम्बोधन गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्था अनुसार अबदेखि बीमा कम्पनीहरूले गर्ने सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै जम्मा गर्नुपर्नेछ । 

प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ को व्यवस्था र नेपाल सरकारको सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने नीतिलाई कार्यान्वयन गर्न यो कदम चालेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, बीमालेख अन्तर्गतको दाबी भुक्तानी गर्दा प्रचलित कानुन बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा मात्र रकम जम्मा गर्नुपर्नेछ । 

यसअघि नै प्राधिकरणले बिमा कम्पनीमा कार्यरत स्थायी, अस्थायी, करार वा ज्यालादारी कर्मचारी तथा श्रमिकहरूको पारिश्रमिक र ज्याला समेत अनिवार्य रूपमा बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष