थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो « Khabarhub

थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा मंगलबार बिहान कम्बोडियाबाट मोर्टार राउन्ड प्रहार हुँदा एक थाई सैनिकको दाहिने हातमा छर्राबाट गम्भीर चोट लागेको हो । 

थाई सेनाले तत्काल बदला नलिई घटनाको वास्तविकता पत्ता लगाउन कम्बोडियाली पक्षसँग सम्पर्क गरेको जनाएको छ । मन्त्रालयले यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै कम्बोडियासँग माफीको अपेक्षा गरेको छ ।

यसको जवाफमा कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेटाले प्रेह विहार प्रान्तमा ‘फोहोरको थुप्रो विस्फोट हुँदा’ दुई कम्बोडियाली सैनिक घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताए। उनका अनुसार उक्त घटना सीमा क्षेत्रमा सामान्य सङ्गठनात्मक कर्तव्य निर्वाह गर्ने क्रममा भएको हो । दुवै सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ ।

थाई सेनाले कम्बोडियाली पक्षले सम्पर्क गरी थाई भूभागमा जानाजानी गोली नचलाइएको र यो परिचालन त्रुटिका कारण भएको स्वीकार गरेको जनाएको छ । तर थाई सेनाले यस्ता घटना दोहोरिए कडा प्रतिक्रिया दिनुपर्ने चेतावनी पनि दिएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले नोम पेन्हमा औपचारिक विरोध दर्ता गरिएको बताउँदै सैन्य तहमा यसलाई दुर्घटना भनिए पनि जिम्मेवारी र स्पष्टीकरण आवश्यक रहेको स्पष्ट पारे। उनले थाइल्यान्डसँग आवश्यक परे जवाफ दिने क्षमता रहेको पनि उल्लेख गरे।

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष पटक–पटक हिंसात्मक झडपमा परिणत भएको थियो ।

डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसको ज्यान गएको र करिब १० लाख मानिस विस्थापित भएका थिए । त्यसपछि डिसेम्बर २७ मा दुवै देश युद्धविराममा सहमत भएका थिए, जसअन्तर्गत सैन्य गतिविधि रोक्ने र सीमामा डिमाइनिङमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको थियो ।

घटना भएको क्षेत्र ‘एमराल्ड ट्र्याङ्गल’ भनेर चिनिने संवेदनशील सीमा इलाका हो, जहाँ थाइल्यान्ड, कम्बोडिया र लाओसको सिमाना जोडिन्छ । गत मे महिनामा यही क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियाली सैनिक मारिएपछि सीमा तनाव पुनः चर्किएको थियो ।

युद्धविराम कायम रहे पनि दुवै देशबीच करिब ८०० किलोमिटर लामो सीमाको औपनिवेशिककालीन सीमांकन विवाद अझै समाधान हुन बाँकी छ । 

कम्बोडियाले यसै महिना सिम रिप प्रान्तमा द्विपक्षीय सीमा समितिको बैठक प्रस्ताव गरेको छ भने थाइल्यान्डले फेब्रुअरी ८ पछि बन्ने नयाँ सरकारले सीमा सर्वेक्षण र सीमांकनबारे छलफल अघि बढाउने संकेत गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ०९ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न