काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका हुन् । उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे ।
त्यस्तै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट पारे । रवि लामिछानेलाई आफूले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा पनि दुईपटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि र बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए ।
प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत गएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे ।













प्रतिक्रिया