डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना « Khabarhub

डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दान धेरै दल मिलेर गत कात्तिक १९ गते घोषित नेपाली कम्युनिष्ट पार्टीले करिब २३ सय जनाको केन्द्रीय कमिटी बनाउने भएको छ।

मंगलबार पेरिसडाँडामा बसेको परामर्श बैठकबाट २२ सय ९९ केन्द्रीय कमिटी बनाउने निर्णय भएको नेता राजेन्द्रकुमार पाण्डेले जानकारी दिए ।

नेकपाका नेता पाण्डेका अनुसार यी नेताहरूलाई पुस २९ गते शपथ ग्रहण गराउन लागिएको छ । काठमाडौंमा उपलब्ध हुनेलाई यहीँ, आउन नसक्नेलाई प्रदेशमै शपथको व्यवस्था मिलाइएको छ।

‘सबैलाई काठमाडौंमा शपथग्रहणका लागि नबोलाउने सल्लाह भएको छ । बागमती प्रदेशको हकमा काठमाडौं नै आउनुहुन्छ । बाँकीलाई प्रदेशगत शपथ ग्रहण गराउने छलफल भएको छ’, पाण्डेले भने, ‘एकीकृत समाजवादीको पनि ४०० जतिको कमिटी थियो। माओवादी केन्द्रको झण्डै आठ सयको थियो। साना १४ दललाई समेट्नुपर्ने भएकाले २२ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको हो।’

पाण्डेका अनुसार नेकपाका नेताहरूले सबै पक्षको मिलाएर २२ सय ९९ जना केन्द्रीय कमिटीको सूची तयार पारिसकेका छन्।

नेकपाले त्यही दिन पार्टीका विभिन्न विभागका लागि नेताहरूको जिम्मेवारी पनि तोक्ने तयारी गरेको जानकारी वरिष्ठ नेता झलनाथ खनालले दिएका छन् ।

‘बैठकले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको छ । त्यही दिन विभागहरू पनि तोक्ने निर्णय भएको छ’, उनले भने ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ५८ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान