विप्लवसँगको एकताबारे वर्षमान : उहाँ छुट्नुभयो « Khabarhub

विप्लवसँगको एकताबारे वर्षमान : उहाँ छुट्नुभयो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । उनले विप्लवसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि बताए । तत्कालीन नेकपा (एकीकृत समाजवादी) सँगको एकताको समयमा विप्लव छुटेको भन्दै भन्दै भविष्यमा आउन चाहे स्वागत गर्ने बताए ।

‘विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपर्थ्यो, छुट्नुभयो,’ उनले भने, ‘अब आउनुहुन्छ भने स्वागत छ । अहिले त्यस्तो आउने सम्भावना हामीले देखेका छैनौँ तत्काललाई ।’

उनले नेकपा व्यवस्था र संविधान निर्माणका लागि लडेको पार्टी भएको भन्दै नयाँ पुराना कुनै पनि शक्तिसँग नडराएको जिकिर गरे ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ०६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान