नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले खेलाडी र दर्शकलाई समेत उत्साहित बनाएको बताएका छन् । आईसीसी टी–२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत पोखरामा मंगलबार (पुस २२) प्रदर्शन गरिएको विश्वकपको ट्रफी अवलोकन गर्दै उनले नेपालमा क्रिकेटमा छुट्टै आकर्षण बढेको बताए ।

“नेपाली खेलाडीले आईसीसीका प्रतियोगिता खेल्ने क्रम वृद्धि भएको छ । यसबाट क्रिकेटको छुट्टै क्रेज बढेको छ, यसबाट सबैलाई उत्साहित बनाएको छ । नेपालमा विश्वकप ट्रफी ल्याउनु क्रिकेट प्रेमी र खेलाडीलाई खुसीको कुरा हो,” मुख्यमन्त्री पाण्डेले भने ।

युवाहरूको क्रिकेट खेलप्रतिको आकर्षण सम्बोधन गर्न संघ र प्रदेश सरकार मिलेर आधारभूत खेल पूर्वाधार विकासमा ध्यान दिने उनले प्रतिबद्धता जनाए । मुख्यमन्त्री पाण्डेले आसन्न विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना व्यक्त गरे ।

पोखरा ल्याइएको विश्वकप ट्रफी पोखरा रङ्गशालामासमेत प्रदर्शनका लागि राखिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, खेलकुदकर्मी, खेलाडी तथा सर्वसाधारणले ट्रफी अवलोकन गरे ।

‘ट्रफी टुर’अन्तर्गत ट्रफी प्रदर्शन तथा दृश्यात्मक तस्बिर खिच्ने कार्यक्रम गरिएको थियो । आईसीसी टी–२० विश्वकप ट्रफीको पोखरा भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनसँगै क्रिकेटप्रतिको आकर्षण अझ बढ्ने विश्वास गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदै छ । उक्त विश्वकपमा नेपाल पनि सहभागी हुँदै छ र नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ । विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल ल्याइएको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ५१ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान