बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त « Khabarhub

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका छन् ।

लभस्टोरी फिल्मको निर्देशनमा फर्किएका निर्देशक दिनेश राउतको ‘कुमारी’मा डेब्यू नायक अबिषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डरी शीर्ष भूमिकामा छन् ।

यो फिल्मले प्रदर्शनको पहिला दिनका लागि १६० भन्दा बढी शो पाएको छ । यो फिल्मको टिम देशव्यापी प्रचारमा हिडेको थियो ।

त्यस्तै, रोमान्टिक ड्रामामा आधारित डेब्यू निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरती’मा स्टार अनुहारहरुको अभिनय रहेको छ ।

यो पनि : १२ वर्षे उमेरमै अबिषेकमा जागेको हिरो बन्ने रहर !

यसमा नायिका आना शर्मा, नायक धिरज मगर र नायिका विनय श्रेष्ठ शीर्ष भूमिकामा छन् । शीर्ष भूमिकामा यही फिल्मबाट गायक समीर श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।

यो फिल्मले शुक्रबारका लागि ९५ भन्दाबढी शो पाएको छ ।

शो बाँडफाँट हेर्दा हलवालाहरुले ‘कुमारी’प्रति बढी विश्वास गरेको देखिन्छ । पहिला दिनका लागि ‘रमिताको पिरती’ले ६० भन्दा बढी शो पाएको छ ।

लगातार फिल्महरु फ्लप भइरहको अवस्थामा यी दुई फिल्म प्रदर्शनमा आएका हुन् ।

थप : लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४१ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक