आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । व्यवहार गर्दा साथीको पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष : दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन राम्रो छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । परिवारमा रमाएर बस्ने दिन छ । विपक्षी बलियो भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ ।

सिंह : दिन सहज छ । पठनपाठनमा रुची बढ्नेछ । बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ । दाम्पत्य जीवन भने सुखमय रहनेछ । काममा उत्साह बढ्नेछ । व्यापारमा थप मिहेनत गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ । शिक्षामा गरेको मिहेनतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : दिन सामान्य छ । चिट्ठा वा शेयरमा घाटा हुनेछ । परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ । धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ ।

वृश्चिक : दिन तपाईं अनुकूल रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ । धन लाभ हुनेछ । व्यापारमा फाइदा हुँदा मनमा उत्साह बढ्नेछ ।

मकर : राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मन चिन्तित बन्नेछ । शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ । परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : मनमा खटपटी बढ्नेछ । जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगति हुनेछ । लगानीका क्षेत्र सबल रहेका छन् । हरेक काममा साथीभाइको साथ मिल्नेछ । मनमा उत्साह बढ्नेछ ।

मीन : बौद्धिक क्षमता बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : १५ बजे

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ