डब्ल्युपिएलको उपाधि आरसिबीलाई « Khabarhub

डब्ल्युपिएलको उपाधि आरसिबीलाई


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले उचालेको छ । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसिबीले उपाधि उचालेको हो ।

फाइनलमा आरसिबीका लागि स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि दिल्ली फाइनलमा चुकेको हो ।

आरसिबीसँगको हारसँगै दिल्ली लगातार चौथो पटक‌ फाइनलमा चुकेको हो । बिहीबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

उसका लागि जेमिमाह रोड्रिग्सले ३७ बलमा ८ चौकासहित ५७ रनको आक्रामक अर्धशतक प्रहार गरेकी थिइन् भने लरा वोल्भार्ड्टले ४४ रन जोडिन्।

अन्तिम ओभरमा चिनेल हेन्रीले लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई दुई सय पार गराएकी थिइन्। उनले नटआउट ३५ रन जोडिन् ।

२०४ रनको लक्ष्य पछ्याएको आरसिबीले १९.४ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । कप्तान स्मृति मन्धानाले ४१ बलमा १२ चौका ३ छक्कासहित ८७ रनको शानदार इनिङ खेल्दा जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ रन जोडिन्।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : २५ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको