स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री  « Khabarhub

स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री 


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा समस्या आएको बताएकी छन् । 

शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले स्रोत सुनिश्चित नगरी र अर्थ मन्त्रालयको सहमति नलिएर बोर्डले खर्च गरेको बताइन् । ‘नेपाल सरकारले बीमालाई यो आर्थिक वर्षमा १० अर्ब छुट्याएको हो । 

वार्षिक बजेटको परिधिभित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्छ, त्यो भन्दा बाहिर गएमा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्छ,’ उनले भनिन्, ‘बजेटभित्र परेको पैसाले काम गर्न पाइयो । त्यो भन्दा बढी भयो भने स्रोत सहमति नलिई वा स्रोत सुनिश्चित नगरी खर्च गर्न पाइदैन् ।’ डा. शर्माले बीमा बोर्डको दायित्व वार्षिक २४ अर्ब हुने गरी खर्च भइरहेको बताइन् । 

विपन्न नागरिकले रगत, पसिना गरेर दिएको पैसालाई मितव्ययी बनेर खर्च गर्ने कुरामा ध्यान नदिएको उनको भनाइ थियो । ‘१० अर्ब विनियोजित पैसा पोहोर, परारको तिर्नमा सबै खर्च भयो,’ मन्त्री डा। शर्माले भनिन्, ‘यो वर्षलाई शून्य बजेट भयो ।’ त्यही कारण स्वास्थ्य बीमा समस्यामा परेको उनको भनाइ थियो । 

संविधानले नै निःशुल्क आधारभूत स्वास्थ्य सेवा नागरिकको अधिकारका रुपमा प्रबन्ध गरेको उल्लेख गर्दै मन्त्री डा। शर्माले बीमाबाट दिएका सेवा स्थानीय सरकारले निःशुल्क दिनुपर्ने कानुनी दायित्व रहेको बताइन् । 

स्वास्थ्य बीमा कोषमा स्थानीय, प्रदेश सरकार र केन्द्र सरकारले पैसा राख्ने भनेकाले ललितपुर महानगरपालिकालाई बीमा कोषमा बजेट हाल्न उनले आग्रह गरिन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ५२ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने