डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि « Khabarhub

डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काबुल– डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्युजले जनाएको छ ।

विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्यपि पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मूल्य तीव्र वृद्धि रेकर्ड गरेको छ ।

टोलो न्युजलाई उद्धृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००– १,००० अफगान भन्दा बढीको बीचमा बढेको बताइएको छ ।

यसैबीच, द अफगानिस्तान बैङ्कले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्राहरू मध्ये एक रहेको उल्लेख गरेको टोलो न्युजले जनाएको छ ।

केन्द्रीय बैङङ्कका प्रवक्ता हासिबुल्लाह नूरीले विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिहरूको कार्यान्वयन, निर्यात वृद्धि, अधिक पारदर्शिता, लागु औषध तस्करीको रोकथामको  माध्यमबाट केन्द्रीय बैङ्कले राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताए । 

 विविध आश्वासनहरूका बाबजुद, बढ्दो लागतले विशेष गरी दैनिक आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका कम आय भएका परिवारहरूमा दबाब बढाएको जनाइएको छ ।

चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टले मूल्यवृद्धिलाई मुद्रा चालमा मात्र श्रेय नदिई  बजारलाई स्थिर बनाउन कदम चालेकोमा जोड दिएको टोलो न्युजले जनाएको छ ।

चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टका कार्यवाहक प्रमुख मोहम्मद वली अमिनीले निजी क्षेत्रका माध्यमबाट चेम्बर अफ कमर्सले खाद्यान्न र आवश्यक वस्तुहरूको पर्याप्त उपलब्धता सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन् । 

टोलो न्युजले चलिरहेको आयात र पारवहन प्रतिबन्धहरूले दैनिक ज्यालामा निर्भर हुने कमजोर परिवारहरूमा भारी असर गरिरहेको छ जनाएको छ । रासस

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ४३ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य