कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत « Khabarhub

कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । 

नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उनी पहिलोपटक पोखरा आएका हुन् । 

प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेका अवस्थामा आएका सभापति थापाले नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उनको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । 

बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उनले बताए । 

बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उनले बताए । निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्ष नेता पोखरा आउने क्रम सुरु भएको छ । 
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ५४ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै