फेरि समातिए दुर्गा प्रसाईं « Khabarhub

फेरि समातिए दुर्गा प्रसाईं


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

साइबर ब्युरो काठमाडौंको टोलीले शुक्रबार दिउँसो उनलाई चाल्नाखेलबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र लेखेपछि पक्राउ गरिएको प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले बताए ।

आयोगले आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार गरेपछि त्यसबारेमा बुझ्न ब्यूरोमा लगिएको हो।

आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेकाले कारबाहीका लागि पत्र पठाएको थियो ।

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा प्रसाईं यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । तर उनलाई हाजिरी जमानीमा छाडिएको थियो ।

प्रसाईंले त्यसबेला गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ५५ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य