फेरि समातिए दुर्गा प्रसाईं « Khabarhub

फेरि समातिए दुर्गा प्रसाईं


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

साइबर ब्युरो काठमाडौंको टोलीले शुक्रबार दिउँसो उनलाई चाल्नाखेलबाट पक्राउ गरेर हिरासतमा लिएको हो । उनी वीरगञ्जमा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने क्रममा समातिएका हुन् ।

साइबर ब्यूरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र लेखेपछि पक्राउ गरिएको प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले बताए ।

आयोगले आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार गरेपछि त्यसबारेमा बुझ्न ब्यूरोमा लगिएको हो।

आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेकाले कारबाहीका लागि पत्र पठाएको थियो ।

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा प्रसाईं यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । तर उनलाई हाजिरी जमानीमा छाडिएको थियो ।

प्रसाईंले त्यसबेला गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ५२ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास