यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ « Khabarhub

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा चुनाव जित्ने दाबी गरेको छ।

सदरमुकाम ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेन-जी पुस्ताकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत् जनताको विश्वास जित्ने बताए।

उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाएर अधुरा रहेका विकास आयोजना अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा टुंगो लगाइने बताए।

‘समयको माग बुझेर पार्टीले जुझारु र स्वच्छ छवि भएको युवा नेतृत्वलाई उम्मेदवार बनाएको हो,’ सुनुवारले भने, ‘पालिका र वडास्तरमा पुग्दा उम्मेदवार अस्मिता थापाप्रति जनताको अपार समर्थन देखिएको छ।’

टिकट वितरणपछि केहीले पार्टी छाडे पनि त्यसको क्षतिभन्दा धेरै समर्थन आफूहरूले पाएको उनको दाबी छ। ‘पहिले निष्क्रिय रहेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्, त्यसैले जितमा समस्या छैन,’ उनले भने।

प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले कसैलाई आरोप लगाएर वा विवाद गरेर ओखलढुङ्गाको अपमान नगर्ने स्पष्ट पारिन्। ‘म गाली- गलौज र आरोपको राजनीति गरेर होइन, एजेण्डा र कामको भरोसामा चुनाव लड्न चाहन्छु,’ उनले भनिन्।

युवा पुस्ताको भावना आफूले नजिकबाट बुझेको उल्लेख गर्दै थापाले गाउँमै बसेर भोगेका समस्या र समाधानलाई संसद्मा पुर्‍याउने प्रतिबद्धता जनाइन्।

‘आमा, दिदीबहिनी र युवाका पीडा मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘अब ती आवाज विधि निर्माणको थलोमा बोल्नेछु।’

एमाले जिल्ला संयोजक हर्कबहादुर राईले ओखलढुङ्गामा ठूलो विद्रोह भएको भन्ने प्रचार भ्रामक भएको दाबी गरे। उनका अनुसार ९ जनाले मात्रै पार्टी छाडेका छन्।

उने तीनजना निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको बताए । चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : ३४ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन