झुटा सूचनाले समाजमा गम्भीर समस्या : उपाध्यक्ष पौडेल « Khabarhub

झुटा सूचनाले समाजमा गम्भीर समस्या : उपाध्यक्ष पौडेल


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाको फैलावटले समाजमा समस्या सिर्जना गरिरहेको बताए ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी तालिमको आज बुटवलमा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए ।

“समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ”, उनले भने, “झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्छ ।”

ज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए । उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे ।

उनले प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न नसक्ने पनि बताए । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने बताए ।

उनले यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताउँदै प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आयोजिक तालिममा रुपन्देहीमा क्रियाशील २ दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : ०२ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै