सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष « Khabarhub

सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

वालिङ– एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने सामुदायिक कुकुरको संरक्षण र स्याहार गर्दै आएकी छन्  । 

सडकमा हिँड्ने सामुदायिक कुकुरप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि स्याङ्जाको वालिङ–८ केदारनाथ मार्गकी ज्योति अधिकारीले सडकका सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने, स्याहार तथा संरक्षण गर्दै आएकी हुन् ।

कोभिड–१९ बाट सिर्जित ‘लकडाउन’का बेला सडकका कुकुरले खान नपाएर रुने कराउने गरेको पीडादायी अवस्था देखे लगत्तै उनी दैनिक खाना खुवाउँदै आएकी हुन् ।

‘यिनीहरूको पनि यस धर्तीमा बाँच्ने अधिकार छ, तर सामुदायिक कुकुरलाई गरिने व्यवहार फरक छ’, उनले भनिन्,’सडकका कुकुरलाई गरिने दुर्व्यवहार देख्दा मन खिन्न हुन्छ, सकिन्छ संरक्षण गरौँ, सकिन्न दुर्व्यवहार नगरिइदिनुहोस् ।’

उनले साँझमा सडकका कुकुरलाई भात, मासु, दूध भात, आँटो, ढिँडो दिन्छिन् । साथै कुखुराको टाउको खुट्टालगायत मासु ल्याएर पानीमा उमालेर दिने गरेकी छन् । दिनभर यत्रतत्र डुलेर कुकुर साँझ खाना खाने बेलामा ठ्याक्कै घरमै आउने गरेका छन् । 

‘दैनिक जसो आठ/१० वटा सामुदायिक कुकुरलाई खाना खुवाउने गरेकी छु’, उनले भनिन्, ‘उनीहरूलाई छुट्टाछुट्टै प्लास्टिकको थालमा खाना खान दिँदै आएकी छु, उनीहरूको पेट भरिएको देख्दा खुसी लाग्छ ।’

वालिङमै व्यवसाय गर्दै आएकी उनीसहित उनको परिवारले पनि कुकुरको संरक्षणमा ध्यान दिँदै आएको छ । 

यहाँ भएका सबै कुकुरलाई वालिङ नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको समन्वयमा रेबिजविरुद्धको खोप लगाइएको छ । 

कुकुरलाई कुनै रोग लागेमा पशु चिकित्सकसँगै समन्वय गरेर उपचार गर्ने गरिएको छ । 

साँझ खान दिएपछि कुकुरलाई जुटको बोरा, अन्य कपडा तथा डफ्टी बिछ्याइदिएपछि आफ्नो आफ्नो ठाउँमा बस्छन् ।

‘कहीँबाट केही सहयोग पाइन्छ भनेर होइन, मनैदेखि सामुदायिक कुकुरको संरक्षण गर्दै आइरहेकी छु’, उनले भनिन्,’घरघरमा कुकुरलाई बस्दोबस्तीसँत पाल्न हुन्छ, तर सडकका कुकुरलाई लखेट्ने, पिट्ने, दुर्व्यवहार गर्छौँ यसो नगरौँ यिनीहरूको पनि हाम्रो जस्तो प्राण छ, यही धर्तीमा बाँच्ने अधिकार छ, त्यो सुरक्षित गरिदिऔँ ।’

यो कुनै अभियान नभएर व्यक्तिगत रुपमा मनैदेखि लागेर गरेको कार्य भएकाले यिनीहरूको संरक्षण र स्याहारमा रमाइलो लाग्ने गरेको उनी बताउँछिन् ।
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : ३१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल