मिसन टी–ट्वान्टी विश्वकप : यी खेलाडीको भरमा नेपाल « Khabarhub

मिसन टी–ट्वान्टी विश्वकप : यी खेलाडीको भरमा नेपाल


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेट प्रेमीको प्रतीक्षा लगभग सकिएको छ । शनिबारबाट टी–ट्वान्टी विश्वकप सुरू हुँदैछ ।

श्रीलंकाको कोलोम्बो हुने उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

भारतको अहमदाबादमा फाइनल खेल आगामी मार्च ८ मा हुनेछ । २० टोलीमध्ये एकले त्यहीँ विजयी उत्सव मनाउनेछ ।

नेपालको पहिलो खेल टेस्ट मान्यता प्राप्त बलियो टोली इङ्ल्यान्डविरुद्ध हुँदैछ । आइतबार मुम्बईमा दुई टोली आमनेसामने हुनेछन् ।

कस्तो छ नेपाली टोली ?

नेपालीको टोली रोहित पौडेललको कप्तानीमा छ । कप्तान पौडेल ब्याटर हुन् ।

यो टोलीको ओपनर ब्याटर कुशल भुर्तेल हुन् । अन्य ब्यारमा आसिफ शेख, सन्दीप जोरा र लोकेश बम छन् । शेख र जोरामध्ये एकमात्रै प्लेइङ ११ मा पर्ने सक्छन् । किनभने यी दुवै विकेट किपर र ब्याटर हुन् ।

शेख जोराभन्दा अनुभवी खेलाडी हुन् । अल राउन्डर दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र बशिर अहमदले मध्यक्रमको ब्याटिङ सम्हाल्नेछन् ।

ऐरी भरपर्दा अलराउन्डर हुन् । उनी पटक पटक गेम मेकर बनेर नेपाली जित दिलाएका छन् ।

फास्ट बलिङसहितको अलराउन्डर प्रदर्शनमा यो टोली सोमपाल कामी र करण केसीको भरमा छ । यी दुवै भरपर्दा खेलाडी हुन् ।

फास्ट बलिङको सपोर्टमा नन्दन यादव पनि छन् । उनी बायाँ हाते बलर हुन् ।

नेपाली टोलीका हेभिवेट स्पिनर सन्दीप लामिछाने छन् । स्पिनरहरू ललित राजवंशी र उदयीमान खेलाडी शेर मल्लले विपक्षीलाई ब्याटरलाई फ्लप गर्न कुनै कसर बाँकी राख्ने छैनन् ।

तस्बिर क्यान


कस्तो छ चर्चित खेलाडीको प्रस्तुति ?

अनुभवी खेलाडी सोमपाल :
नेपाली टोलीमा तेस्रो पटक विश्वकप खेल्न लागेका एकमात्रै खेलाडी सोमपाल कामी हुन् ।

अलराउन्डरसमेत रहेका फास्ट बलर सोमपालले सन् २०१४ र ०२४ को पनि विश्वकप खेलेका थिए । पछिल्ला खेलहरूमा उनको प्रस्तुति मध्यम छ ।

टी–ट्वान्टी इन्टरनेशनलमा उनको बलिङ इकोनोमी ५ दशमलव २९ छ । अर्थात्, समग्रमा उनले एक ओभर बलिङ गर्दा ५.२९ रन खर्चिएका छन् ।

फर्ममा छन् सन्दीप : लेग स्पिनर सन्दीप अहिले फममा छन् । उनका पछिल्ला खेलमा उनको धारिलो बलिङले विपक्षी ब्याटरहरू फ्लप पारिरहेका छन् ।

गत मंसिरबाट सुरू नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । एनपीएललगत्तै उनले बंगलदेश प्रिमियर लिग लिग खेले ।

सन्दीपले ६८ टी–ट्वान्टी इन्टरनेशनल खेलमा १२९ वटा विकेट लिएका छन् । समग्रमा उनको बलिङ किफयाती नै छ ।

समग्रमा सन्दीपको स्ट्राइक रेट १२ छ । अर्थात्, उनले १२ बल फ्याँक्दा एक विकेट हात पारेका छन् ।

करण केसी : पछिल्ला खेलहरूमा फास्ट बलर करणको जादुमयी प्रस्तुति देखाउन सकेका छैनन् । तर, एनपीएलमा उनको प्रदर्शन ठीकठाक थियो ।

पछिल्ला खेलहरूमा उनी विकेटविहीन बन्नुपरेको थिएन । क्यानडासँगको वल्र्डकप वार्मअप म्याचमा उनले विकेट लिन सकेनन् । पछिल्ला खेलहरूमा उनको बलिङ किफयाती नै छ ।

८५ वटा टी–ट्वान्टी इन्टरनेस्नल खेलमा १०६ वटा विकेट लिएका छन् । उनको स्ट्राइक रेट १५ दशमलव ६ छ । अर्थात्, उनले औसतमा १६ बल फ्याँक्दा १ विकेट लिएका छन् ।

कुशल भुर्तेल : ओपनर भुर्तेलको ब्याटिङ पछिल्ला खेलमा चलेको छैन । पछिल्लो समय उनले एनपीएलमा सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

त्यसयताको लगातार ७ खेलमा उनको ब्याटिङ चलेको छैन । क्यानडा र यूएईविरुद्धको वल्र्डकप वार्मअपमा पनि उनको ब्याटिङ चलेन ।

टी–ट्वान्टी इन्टरनेसनमा उनको स्ट्राइक रेट १२७ दशमलव ३४ छ । अर्थात्, औसतमा एक सय बल सामना गर्दा उनले १२७ दशमलव ३४ रन बनाएका छन् ।

६८ इनिङमा उनले एक शतक र १३ अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रसिंह ऐरी : उपकप्तान ऐरी पछिल्लो समय फर्ममा नै छन् । प्रायः सबैजसो खेलमा उनले विकेट लिएका छन् ।

ब्याटिङमा पनि उनी चलिरहेकै छन् । वार्मअप म्याचमा उनले यूएईविरुद्ध अर्धशतक प्रहार गरे । बलिङतर्फ १२ रन दिएर एक विकेट लिए । गत एनपीएलका उनी उत्कृष्ट खेलाडी हुन् ।

टी–ट्वान्टी इन्टरनेशनलमा उनले ७८ इनिङ ब्याटिङ गर्दा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १३९ छ । अर्थात्, एक सय बल सामना गर्दा १३९ रन जोडेका छन् ।

ऐरीको बलिङ इकोनोमी ४ दशमलव ०२ छ । अर्थात्, उनले एक ओभर बलिङ गर्दा ४ रन दिएका छन् ।

कप्तान रोहित पौडेल : कप्तान पौडेल दबाब नलिइ खेल्ने अनुभवी ब्याटर हुन् । रनभन्दा बढी बल खर्च गर्ने गरेको आरोप उनलाई लाग्दै आएको छ ।

तथापि, ७६ टी–ट्वान्टी इन्टरनेशनल खेलमा उनले ८ अर्धशतक प्रहार गरेका छन् । उनको स्ट्राइक रेट ११९ दशमलव ३१ छ ।
उनको शान्त स्वभावको खेल टिमका लागि फाइदा नै बन्ने गरेको छ ।



पाँचजनाको विश्वकप डेब्यू

लोकश बम, बशिर अहमद, नन्दन यादव, शेर मल्ल र आरिफ शेख पहिलो पटक विश्वकपको अनुभव लिँदैछन् ।
शेर मल्ल एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै सम्भावना देखाएकाले विश्वकप टोलीमा परेका हुन् ।

आरिफ शेखले यस पटक पुनरागमन गरेका हुन् । राष्ट्रिय टिमका नियमित खेलाडी उनी गत वल्र्डकप टोलीमा समावेश थिएनन् । यो पटक पर्न सफल भए ।

एनपीएलमा उनको प्रस्तुति मध्यम थियो । वल्र्डकप वार्मअप म्याचममा भने उनले यूएईविरुद्ध अविजीत ६१ रन जोडे ।

नन्दनले एनपीएलमा ठीकठाक बलिङ गरे । उनी बाँया हाते बलर हुन् । फास्ट बिलिङमा विविधताका लागि उनले विश्वकप टोलीमा स्थान पाएका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ४७ बजे

एमाले र रास्वपामाथि खनिए विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै

इस्लामावादस्थित एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार

नायिका दिव्याको पोज

काठमाडौं – नायक दिलिप रायमाझी पुत्री दिव्याले गत वर्ष फिल्म

निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा

काठमाडौं – निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट युट्युबमा