निर्वाचन प्रयोजनका लागि खोलेको खाता दुरुपयोग भए कारबाही गर्छौँ : आयोग « Khabarhub

निर्वाचन प्रयोजनका लागि खोलेको खाता दुरुपयोग भए कारबाही गर्छौँ : आयोग


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।  

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भए पछि कानुन बमोजिम कारबाही हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए ।

उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानूनले गैरकानूनी नमान्ने धारणा राखे । चुनावका नाममा नियतवश आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उनले बताए।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरू जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए । उनले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए–नभएको आयोगले हेर्ने बताए । 

सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए ।

उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिए । प्रत्यक्ष तर्फको मतपत्र छपाइको कामले गति लिइरहेको र अहिलेसम्म करिब ८४ लाख ४० हजार भन्दा बढी मतपत्र छपाइ भइसकेको उनले बताए । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ४१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स