अन्तर्राष्ट्रिय ब्राण्ड निट्को टायल्सको उत्पादन अब नेपालमै « Khabarhub

अन्तर्राष्ट्रिय ब्राण्ड निट्को टायल्सको उत्पादन अब नेपालमै


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा बिक्री सुरू गरेको छ ।

बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरू भएको एघारौं संस्करणको नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पोमा निट्कोले नेपालमा उत्पादित टायल्सको औपचारिक रुपमा बिक्री वितरण सुरू गरेको हो ।

नेपाली बजारमा निट्को ब्राण्डको लोकप्रियतालाई ध्यानमा राखेर निट्को नेपाल प्रालिले नेपालमा निट्को ब्राण्डको टायल्सको उत्पादन तथा बिक्री वितरण सुरू गरेको हो ।

नेपाली उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय टायल्स उपलब्ध गराउने उद्देश्य सहित नेपालमा नै निट्कोले टायल्स उत्पादन सुरू गरेको निट्को नेपालले जनाएको छ ।

एक्स्पोमा निट्कोका नेपाल निर्मित टायल्सको औपचारिक बिक्री वितरणको सुरूवात गर्दै निट्को नेपालका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले नेपाली उपभोक्तालाई नेपालमा नै गुणस्तरीय टायल्स उत्पादन गरेर बिक्री बितरण गर्दा उपभोक्ताको खरिद मूल्य कम पर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले यस अघि भारतमा निर्मित उत्पादन आयात गरेर बिक्री वितरण गर्दै आएका थियौं । अब नेपालमा निर्मित निट्को टायल्स उही गुणस्तरमा सस्तो मूल्यमा नेपाली उपभोक्ताले खरिद गर्न पाउनेछन् ।’

यसअघि भारतमा उत्पादित निट्कोका टायल्स तथा मार्बल नेपाली बजारमा लोकप्रिय ब्राण्डका रुपमा स्थापित छ ।

सन् १९५३ देखि भारतमा निट्को लिमिटेडले उत्पादन सुरू गरेको निट्को ब्राण्डका टायल्स, मार्बल तथा मोजाइक नेपालमा मात्र नभई दक्षिण एशियाली मुलुकका साथै विश्वका ६० मुलुकहरूमा धेरै रुचाइने ब्राण्डमा पर्छ ।

‘नेपालमा निट्कोको लोकप्रियतालाई ध्यानमा राखेर हामीले यहीँ टायल्स उत्पादन गर्दा उपभोक्तालाई सहज त भएको छ नै, नेपाली उद्योग र अर्थतन्त्रमा पनि योगदान पुग्ने हाम्रो विश्वास छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने ।

भारतस्थित निट्को लिमिटेडसँगको जोइन्ट भेञ्चरको रुपमा निट्को नेपाल प्रालिले नेपालमा निट्को टायल्सको उत्पादन गर्न थालेको हो ।

यसका अलावा निट्को नेपालले भारतमा उत्पादित गुणस्तरीय मार्बल तथा मोजाइक पनि सर्वसुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

निट्को नेपालले नेपाली उपभोक्तालाई सहज रुपमा आफ्ना उत्पादन उपलब्ध गराउन देशभर ८० भन्दा बढी संख्याको डिलर सञ्जाल बनाएको छ ।

यसबाहेक नजिकको हार्डवेयर पसलबाट पनि निट्कोका उत्पादनहरू सहज रुपमा सुपथ मूल्यमा खरिद गर्न सकिने निट्को नेपालले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको