‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’ « Khabarhub

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिचकिचाउन हुँदैन, देश र जनताको पक्षमा उभिएर निर्भीकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ । पत्रकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुन्छन् तर समाचार निष्पक्ष हुनुपर्छ, दल देखिनु हुँदैन ।’

अध्यक्ष बिजुक्छेले आफूले राजनीतिक जीवन सुरु गर्दाका बेलामा आफूले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा समाचार लेख्दा सम्पादक मदनमणि दीक्षितले दिएको प्रेरणास्पद क्षण स्मरण गरे । 

पत्रकारहरूले संसारका सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिपोर्टिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनुपरेको बताए । ‘पत्रकारले इमान्दार भएर आफ्नो कर्तव्य पूरा गरेमा समाजलाई सुदृढ गर्न सकिन्छ’, उनले भने ।

अध्यक्ष बिजुक्छेले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गरे । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : १५ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास