एमाले र रास्वपामाथि खनिए विश्वप्रकाश शर्मा « Khabarhub

एमाले र रास्वपामाथि खनिए विश्वप्रकाश शर्मा


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने जिकिर गरेका हुन् । प्रधानमन्त्री हुनका लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गबे।

‘अनि रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्नेगरी सल्लाह गरेका छौँ भन्छ। करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुप¥यो,’ शर्माले भने।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कांग्रेसबाहेक कुनै पनि दलले सुदृढ भएर जनतामाझ जान नसकेको बताए। एमालले जेनजी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे।

‘जेनजी आन्दोलनपछि एमालेले विधान बदल्यौँ भन्छ। विधानमा के बदल्यौँ भन्दा उसले हाम्रो बा दुई पटक अध्यक्ष भइसकेपछि रिटायर्ड हुन लाग्नुभएको थियो। विधानले रोक्दै थियो। विधानलाई बदेलेर तीन पटक पनि अध्यक्ष हुने व्यवस्था ग¥यौँ भनेर एमालेले भन्ने अवस्था छ,’ शर्माले भने, ‘म गाली वा आलोचना गरिहरहेको छैन, तथ्य त्यही हो।’

उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरू अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए। कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन गरेको उनको दाबी थियो।

‘माओवादीले नाम बदल्यौँ र २९ वटा पार्टीको मोर्चा बनाएका छौँ भन्छ। कांग्रेसलाई के बदल्यौ भनेर सोध्दै गर्दा हामीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवकको नेतृत्वमा सारा नेपाली समस्याको एमआरआईबाट डाइग्नोसिस गरेर आएको अवस्थामा बद्लिएका छौँ,’ उनले भने।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ३६ बजे

सरकारी अस्पतालमा सेवा लिनै सास्ती, भरतपुरमा बिरामीको भीड (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’