बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु « Khabarhub

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक सुरु भएको छ । मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिएसँगै गणनाको समय र प्रक्रिया टुङ्गो लगाउन बैठक बसेको हो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहजस्ता प्रभावशाली उम्मेदवारहरू चुनावी मैदानमा रहेका कारण यस क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ।

यस क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बैठकमा सहमति हुनासाथ मतगणनाको औपचारिक घोषणा गरिने बताइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०१ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा