काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित स्पष्ट अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार घिसिङ आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका हुन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले ७४८ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले २९८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले २८९ मतका साथ अर्याललाई पछ्याइरहेका छन्। यता नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले भने हालसम्म ३५ मत मात्रै प्राप्त गर्न सकेका छन्।
मतगणना कार्य सुस्त तर व्यवस्थित ढङ्गले अगाडि बढिरहेको छ। अहिले गणना स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी केही घण्टामा थप मतपरिणाम आउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया