जुम्लामा ४१ हजार २१० मत खस्यो « Khabarhub

जुम्लामा ४१ हजार २१० मत खस्यो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये करिब ४१ हजार २१० अर्थात् ५७.४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।

खसेको मतमध्ये महिलातर्फ २१ हजार १४६ र पुरुषतर्फ २० हजार ६४ गरी जम्मा ४१ हजार २१० जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलले बताउनुभयो । अहिले मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी मतगणनास्थल आउने क्रम जारी छ ।

सदरमुकाम खलङ्गा नजिकका मतदान केन्द्रका मतपेटिका मतगणना हुने स्थलमा पुगिसकेका छन् । जिल्लाका ग्रामीण भेगका मतदान केन्द्रका मतपेटिका आउने समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।

सबै मतदान केन्द्रका मतपेटिका आइपुगेपछि आजदेखि मतगणना गर्न भनी सर्वदलीय बैठकको निर्णय गरिएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाको भनाइ छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४३ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान