बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता « Khabarhub

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएसँगै नेकपा (एमाले) ले अग्रता लिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्।

हालसम्मको गणनामा राईले ६८५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले ४०२ मतका साथ दोस्रो स्थानमा छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेक कुमार श्रेष्ठले हालसम्म २८९ मत प्राप्त गरेका छन्। बाँकेको यो क्षेत्रमा चुनावी भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ३८ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै