भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे « Khabarhub

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम अनुसार चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ। बिहान ४:०० बजेसम्मको प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ (गुण्डु) का दुवै मतदान केन्द्रको गणना सकिँदा खत्रीले १४०० मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन्। बस्नेतले हालसम्म १२०० मत प्राप्त गरेका छन्। सुरुवाती अग्रता लिएका बस्नेत र खत्रीबीच अहिले २०० मतको अन्तर देखिएको छ, जसले यस क्षेत्रको चुनावी समीकरणलाई थप रोचक बनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कवीर रानाले हालसम्म १७१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटाको पक्षमा १७ मत परेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : १८ बजे

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने