रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता « Khabarhub

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ।

हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ।

अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा भइसकेको छैन। तर काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी बताइएको छ।

देशको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन। कुलमान घिसिङको नेतृत्वमा बनेको नयाँ पार्टी ‘उज्यालो नेपाल’ ले पनि काठमाडौं क्षेत्र नम्बर ३ मा अग्रता बनाउन सकेको छैन।

देशभरको प्रारम्भिक मतपरिणाम हेर्दा सुरुवाती चरणबाटै रास्वपाले उल्लेख्य अग्रता बनाइरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४१ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच