चितवनका तीन क्षेत्रमा दुईवटामा रास्वपा, एकमा एमाले अगाडि « Khabarhub

चितवनका तीन क्षेत्रमा दुईवटामा रास्वपा, एकमा एमाले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

चितवन– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार चितवनका तीनवटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) र एक क्षेत्रमा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।

प्रारम्भिक नतिजाअनुसार चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका दावा दोर्जे लामा ३९८ मत प्राप्त गरी प्रारम्भिक अग्रता लिएका छन् । यस्तै, कांग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटीले १९७ मत प्राप्त गर्दा हरि ढकालले ७१ मत पाएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका रवि लामिछानेले ३ हजार ९६२ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ९४७ मतले पछ्याइरहेका छन् । यसैगरी, नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १ हजार ७५० मत पाएकी छिन् ।

यसैगरी, चितवन क्षेत्र नम्बर ३ मा प्रारम्भिक नतिजाअनुसार रास्वपाकी सोबिता गौतम ८ सय मतले अगाडि रहेकी छिन् ।

गौतमले २ हजार ५८९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहालले १ हजार ७८९ मत पाएकी छिन् । एमालेका शंकरराज थपिलयाले ५३८ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : १६ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा