देशभर रास्वपाको वर्चस्व, एक सिटमा जित निकाल्दा ५० स्थानमा अग्रता « Khabarhub

देशभर रास्वपाको वर्चस्व, एक सिटमा जित निकाल्दा ५० स्थानमा अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता बनाएको छ।

बिहीबार भएको निर्वाचनपछि हालसम्म प्राप्त मतगणनाको विवरणअनुसार रास्वपाले काठमाडौं क्षेत्र नम्बर १ मा जित निकालिसकेको छ । उसले ५० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

अन्य प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले भने धेरै पछाडि देखिएका छन्। एमाले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ भने कांग्रेस पनि ५ स्थानमा अगाडि छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी ३ क्षेत्रमा अगाडि रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले १/१ क्षेत्रमा अग्रता कायम गरेका छन्।

जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी तथा राष्ट्रिय मुक्ति पार्टी नेपालले भने हालसम्म न त जित हात पारेका छन् न अग्रता लिन सकेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ५० बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला