ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले ९ हजार कटाउँदा, मोबाइलमा १८ मत « Khabarhub

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले ९ हजार कटाउँदा, मोबाइलमा १८ मत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप हुने देखिएको छ ।

रौतहट क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा धमलाले नमिठो हार व्यहोर्ने देखिएको छ । ताजा अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनाउँदा आमजनता पार्टीका ऋषिले दोहोरो अंक पनि कटाउन सकेका छैनन् ।

हालसम्म त्यहाँ रास्वपा उम्मेदवार गणेश पौडेलले ९ हजार ९ सय २९ मत पाइसकेका छन् । त्यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना छन् । जसलाई १३ सय ९५ मत मिलेको छ । उता नेकपाको तारा चिह्नमा १२ सय ९५ मत आएको छ।

यस्तो अवस्थामा प्रभु साह नेतृत्वको आम जनता पार्टीको मोबाइल चिह्नबाट उठेका ऋषिले केबल १८ मत ल्याएका छन् । सामाजिक सञ्जालमा बहुतै चर्चा पाए पनि ऋषिलाई सबै उमेर समूहका मतदाताले नपत्याएको उनले अहिलेसम्म पाएको १८ मतले देखाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ४७ बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन