सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले « Khabarhub

सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार एकैचरणमा भएको मतदानपछि अहिले देशभर मतगणना भइरहेको छ।

अहिलेसम्को नतिजाले यो निर्वाचन युवा ऊर्जा र परिवर्तनको चाहनासँग जोडिएको देखिएको छ। प्रारम्भिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमततिर अघि बढेको देखिएको छ।

रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा बलियो अग्रता कायम गरेको छ। हालसम्म गणना भएका क्षेत्रहरूमा रास्वपाले ९० बढी निर्वाचन क्षेत्रमा अग्रता लिएको हो । यो क्रम अझै बढ्ने देखिएको छ। रास्वपाले अबको केही घण्टामा सय स्थानमा अग्रता लिने बलियो सम्भावना छ ।

यो चुनावी परिणामले पुराना शक्ति सुकेको ढोढ जस्तै ढलेर रास्वपाको एकछत्र राज हुने देखिएको छ। जेन-जी युवा तथा नयाँ पुस्ताको समर्थन पाएको रास्वपाको परिणामले देशमा ठूलो उलटफेरको संकेत दिएको छ।

अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने चितवन २ मा फराकिलो अग्रता लिएर अघि बढिरहेका छन् । वरिष्ठ नेता बालेन शाह पनि झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै गएका छन् ।

तनहुँ १ मा स्वर्णिम वाग्ले पनि बलियो देखिएका छन् । काठमाडौंका सबैजसो क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरू अगाडि छन् ।रञ्जु दर्शना काठमाडौं-१ मा विजयी भइसकेकी छन् । भक्तपुर, ललितपुर, मोरङ र झापामा रास्वपाको एकपक्षीय नतिजा देखिएको छ।

यसबीचमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रारम्भिक चरणमा एकदमै कमजोर देखिएका छन् । कांग्रेसले मुस्ताङमा जित्दा अन्य १० क्षेत्रमा अग्रता बनाएको छ। ऊ अहिले दोहोरो अंक छोएर त्यसमा टिक्ने संघर्षमा छ । उता एमाले धेरै पछाडि परेको छ। उसले अहिले केबल ८ स्थानमा अग्रता बनाएको छ।

उता नेपाली कम्युनिस्ट पार्टीले ९ स्थानमा अग्रता बनाएको छ । उसका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वमा सुरक्षित हुँदा सहसंयोजक माधवकुमार नेपाल रौतहटमा धेरै कमजोर देखिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : २३ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला