काठमाडौं- भोजपुरमा ढिलोगरी मतगणना सुरू भएको छ। शुक्रबार दिउँसोदेखि सुरू भएको मतगणनाअनुसार श्रमसंस्कृति पार्टीका ध्रुवराज राईले अग्रता बनाएका छन् ।
नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन नपाएपछि हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतितिर लागेका उनले आफ्नै पूर्वनेतालाई टक्कर दिने देखिएको छ।
नेपाली कांग्रेसको बलियो पकड रहेको अरुण गाउँपालिका वडा नम्बर १ र २ मा गनिएको १९३५ मतमा ध्रुवले ४६७ सहित अग्रता बनाएका छन् ।
उता शेरधनले ४६० मतसहित पछ्याएका छन्। तेस्रोमा रहेका नेपाली कांग्रेसमा बालकृष्ण थापाले ३७० मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाको पक्षमा २७१ मत खसेको छ।













प्रतिक्रिया