सुनसरी-४ मा रास्वपाका ई. दीपक साहको सुरुवाती अग्रता, ज्ञानेन्द्र कार्की पछ्याउँदै « Khabarhub

सुनसरी-४ मा रास्वपाका ई. दीपक साहको सुरुवाती अग्रता, ज्ञानेन्द्र कार्की पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. दीपक साहले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार साहले २ सय ३१ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् । उनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता एवं उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १ सय ९४ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी, प्रतिस्पर्धामा अन्य दलका उम्मेदवारहरू पनि अग्र स्थानमा देखिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महफुज अंसारी १ सय ८३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले हालसम्म ८९ मत प्राप्त गरेका छन्। सुनसरी-४ मा यसपटक पुराना स्थापित नेता र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा निकै कसिलो देखिएको छ। अहिले मतगणना कार्य जारी छ र थप मतपेटिकाहरू गन्ने क्रम चलिरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ५१ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र