मुलुकलाई भू र हवाई राजनीतिको चपेटाबाट जोगाउनुपर्छ: संविधानविद् भीमार्जुन आचार्य « Khabarhub

मुलुकलाई भू र हवाई राजनीतिको चपेटाबाट जोगाउनुपर्छ: संविधानविद् भीमार्जुन आचार्य


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले अब बन्ने नयाँ सरकारले नेपाललाई भू-राजनीति र हवाई राजनीति दुवैको चपेटाबाट जोगाउनुपर्ने सुझाव दिएका छन् । जारी मतगणनाको पछिल्लो रुझानका बीच शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको स्वाधीनता रक्षा नै अहिलेको सबैभन्दा अहम् विषय भएको बताएका हुन् ।

आचार्यले नेपाली कांग्रेस, नेकपा एमाले र पूर्व माओवादीहरूको पतनको मुख्य कारण उनीहरूको अहंकार र फरक मतलाई कदर गर्न नसक्नु रहेको टिप्पणी गरेका छन् । पुराना दलहरूको शासनकालमा आफ्ना बाहेक अरूलाई मान्छे नै नगन्ने प्रवृत्तिले उनीहरूलाई यो अवस्थामा पुर्‍याएको उल्लेख गर्दै उनले नयाँ आउने शक्तिहरूले यसबाट शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।

आचार्यले वर्तमान चुनावी परिणामले वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा भारी जनमत आउने निश्चित जस्तै देखिएको विश्लेषण गरेका छन् । हिजोको राज्यसत्ताको खराब स्वभाव र चरित्रका कारण नै जनताले रास्वपालाई रोजेको दाबी गर्दै उनले अब मुलुक र मतदाताले के पाउँछन् भन्ने कुरा सम्बन्धित दलकै व्यवहारमा निर्भर गर्ने स्पष्ट पारेका छन् ।

राज्यका सबै निकाय र संरचनामा पूर्ण सुधार (ओभरहल) को आवश्यकता औंल्याउँदै उनले २०१५ सालको पहिलो आम निर्वाचनमा प्राप्त दुई तिहाइको जनादेश दलको गलत व्यवहारकै कारण व्यवस्था अन्त्यको कारण बनेको इतिहास स्मरण गराएका छन् । उनले नयाँ बन्ने सरकारलाई विगतका गल्ती नदोहोर्‍याउन र देशको सार्वभौमिकता जोगाउन गम्भीर हुन चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : २० बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै