मनाङमा कांग्रेसका गुरुङ विजयी « Khabarhub

मनाङमा कांग्रेसका गुरुङ विजयी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाएका छन् ।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो ।

यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।

यसअघि छिमेकी जिल्ला मुस्ताङमा पनि कांग्रेस नै विजयी भएको छ । कांग्रेसका योगेश गौचन थकालीले मुस्ताङमा जित हासिल गरेका हुन् ।

उनले ३ हजार ३०७ मत पाएर चुनाव जित्दा प्रतिस्पर्धी एमालेका इन्द्रधरा विष्टले १ हजार ८०३ मत प्राप्त गरे । अधिकांश स्थानमा अग्रता लिएको रास्वपाका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ५७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा