मतगणना जारी रहँदै कमल थापाले स्वीकारे हार, सस्मित पोखरेललाई दिए बधाई « Khabarhub

मतगणना जारी रहँदै कमल थापाले स्वीकारे हार, सस्मित पोखरेललाई दिए बधाई


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै आफ्नो हार स्वीकार गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गरेको बताएका हुन्।

उनले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेललाई बधाई दिएका छन् । उनले देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई पनि शुभकामना दिएका छन्।

थापाले ‘हलो’ चुनाव चिन्हमा मतदान गर्ने सबै मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै पराजयका बावजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपा कार्यकर्ता र समर्थकलाई धन्यवाद दिएका छन्।

उनले चुनावी परिणामबाट विचलित नभई आत्मसमीक्षा गरेर पार्टी अघि बढ्नुपर्ने बताए । चुनावी हार–जित स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरेका छन्। नेपाल रहुन्जेल हिन्दू राष्ट्र र राजसंस्थाको महत्व जीवन्त रहने उनले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ५६ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला