सुनसरी १ मा हर्क पछि पर्दा कोशीका ६ क्षेत्रमा श्रम संस्कृतिको अग्रता « Khabarhub

सुनसरी १ मा हर्क पछि पर्दा कोशीका ६ क्षेत्रमा श्रम संस्कृतिको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाममा कोशी प्रदेशका ६ क्षेत्रमा अग्रता लिएको छ।

बिहीबार भएको निर्वाचनको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हालसम्म ६ स्थानमा अग्रता बनाएका छन्।

यद्यपि पार्टीका अध्यक्ष साम्पाङ भने सुनसरी क्षेत्र नम्बर १ मा पछि परेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङसँग साम्पाङ करिब ७ सय मतले पछि रहेका छन्।

धरान उपमहानगरपालिकाको मेयर पद छाडेर परम्परागत राजनीतिक दलहरूको विकल्प बन्ने उद्देश्यसहित साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेका थिए।

प्रारम्भिक मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निम्न क्षेत्रमा अगाडि रहेका छन्:

  • ध्रुबराज राई – भोजपुर (४६७ मतसहित अग्रता)
  • हस्तराज शेर्मा – पाँचथर (६५६ मतसहित अग्रता)
  • सुदीप राई – इलाम–२ (१,५०४ मतसहित अग्रता)
  • एरेन राई – खोटाङ (३९५ मतसहित अग्रता)
  • बलराज राई – उदयपुर–२ (४९८ मतसहित अग्रता)
  • सनबहादुर राई- धनकुटा (३२३७ मतसहित अग्रता)

हर्कको पार्टीले आफ्नो घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पाँच वर्षको एक कार्यकाल र अधिकतम दुई कार्यकालको सीमा प्रस्ताव गरेको छ।

यसकाा साथै प्रतिनिधिसभामा पूर्ण समानुपातिक प्रणाली लागू गर्ने तथा राज्यका विभिन्न निकायमा आदिवासी, जनजाति, खस आर्य, मधेसी, दलित र मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने नीति पनि अघि सारेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ११ बजे

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा