झापामा ओलीभन्दा बालेन धेरै अगाडि « Khabarhub

झापामा ओलीभन्दा बालेन धेरै अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म २० हजार २५४ मत गणना हुँदा शाहले १३ हजार ६७४ मत प्राप्त गरेका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजार भन्दा बढी मतान्तरले पछाडि पारेका हुन् । एमाले अध्यक्ष ओलीले हालसम्म ३ हजार ११ मत प्राप्त गरेका छन् ।

यस्तै, अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसकी मन्दरा चिमरियाले ६३० र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३७० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेको बलियो गढ मानिने यस क्षेत्रमा नयाँ उम्मेदवारको रूपमा उदाएका बालेन्द्र शाहको यो सुरुवाती अग्रतालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ३० बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा